sevenstartv.com २० वैशाख २०८३, आइतवार

'सहरलाई व्यवस्थित बनाउने प्रयास जारी छ'

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताएका छन् ।

आज काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने बताएका हुन् । 

उनले भने, 'सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु, तर त्यो देखिन समय लाग्छ । संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउने सन्दर्भमा कुनै दुविधा छैन ।'

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्