sevenstartv.com १५ असार २०८३, सोमवार

स्थानीय तह पनि सरकार नै हो : कृष्णप्रसाद सिटौला

६ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् कृष्णप्रसाद सिटौलाले स्थानीय तह सरकार होइन भन्ने मानसिकताबाट अघि बढ्न नहुने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले संविधानले तीन तहको सरकारको परिकल्पना गरेको र जसमा संघ, प्रदेश र स्थानीय तह रहेको बताएका हुन् । 

उनले कार्यपालिका र व्यवस्थापिका तीन तहकै सरकारमा रहेको बताए । उनले संघीय कार्यपालिका, संघीय व्यवस्थापिका, प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिका भनेर संविधानमा लेखिसकेको बताएका छन् ।

संघलाई बाझिने गरी प्रदेशले कानून बनाउन नसक्ने र प्रदेशसँग बाझिने गरी स्थानीय सरकारले कानून बनाउन नसक्ने जिकिर गरे । संविधानअनुकुल नै कानून निर्माण गर्दै जानुपर्ने बताए । 

सम्बन्धित समाचार