sevenstartv.com १५ असार २०८३, सोमवार

अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : सांसद् सुनार

५ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन् । 

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा उनले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताएका हुन् । उनले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताए । 

उनले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गरे । सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गरेका छन् ।

उनले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । उनले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गरेका छन् । 

सम्बन्धित समाचार