रास्वपाले बोलायाे केन्द्रीय समिति बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
सभापति रवि लामिछानेले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ८ बजे बैठक बोलाएका हुन् । बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ।
साथै केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिलगायत विषयमा पनि छलफल हुनेछ ।
