sevenstartv.com २० वैशाख २०८३, आइतवार

जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद् बस्नेतको आग्रह

२ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् शक्तिबहादुर बस्नेतले सरकारले घोषणा गरेबमोजिम छिटै भिजिट भिसासँग सम्बन्धित समस्या समाधानका लागि छानविन समिति बनाउनुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद् बस्नेतले ३० दिन भनिएपनि अब केही दिनभित्रै छानविनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका हुन् ।

उनले भिजिट भिसाको विषय आम जनताको सरोकारको विषय बन्दै गएकोले सरकारले गरेको प्रतिवद्धताअनुसार तत्काल काम शुरु गर्नुपर्ने बताएका छन् । उनले सरकारले लाखौं शिक्षकसँग प्रतिवद्धता गरेअनुसार असार १५ गतेभित्र शिक्षा विधेयक पारित गरिसक्नुपर्ने आवश्यकता औंल्याउँदै कुनैपनि बहानामा जिम्मेवारीबाट नपन्छिन् आग्रह गरे । 

त्यसैगरी नागरिकता विधेयक, निजामती सेवासम्बन्धी विधेयकसँग बजेटका कयौं महत्वपूर्ण विषयहरुमा पनि छलफल गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षी दल लगायतसँग गरिएको प्रतिवद्धता केही दिनभित्रै सम्बोधन गर्दै जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतले सरकारलाई आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्