sevenstartv.com १५ असार २०८३, सोमवार

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे : सांसद् ज्वाला

२ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर गरेका हुन् ।  जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको आरोप लगाए । 

सांसद् ज्वालाले कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गरेका छन् । साथै उनले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताए । 

सम्बन्धित समाचार