sevenstartv.com २० वैशाख २०८३, आइतवार

राप्रपा र रास्वपाको विरोधको बाबजुद अघि बढ्यो संसद

१ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौँ ।  प्रतिनिधिसभा बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधको बाबजुद शुरु भएको छ । 

नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए । तर माओवादी केन्द्र्र मागबाट पछि हटेर बिना शर्त प्रतिनिधिसभा बैठक संचालन गर्न राजी भइसकेको छ । माओवादीे बिना शर्त प्रतिनिधिसभा बैठक संचालन गर्न सहमत भएपछि सत्ता पक्षले अन्य प्रतिपक्षलाई पेलेरै संसद अगाडि बढाएको हो । 

सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गर्नुभएको छ । प्रतिनिधिसभामा आइतवारको बैठकमा सभामुख  घिमिरेले संसदको कारबाही शुरु गर्दा रास्वपा र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएको हो । 

सभामुख घिमिरेले नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिनुभएसँगै रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका छन् । अवरोधका बाबुजद संसद बैठक जारी छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्