sevenstartv.com ९ चैत २०८२, सोमवार

प्रधानमन्त्री मोदीले भेटे विमान दुर्घटना बाँचेका रमेशलाई,भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए

३० जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका एक्ला यात्रु रमेश विश्वास कुमारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतलामै पुगेर भेटेका छन् ।

सरदार वल्लभ भाइ पटेल विमानस्थलबाट उडेको केही बेरमै भएको जहाज दुर्घटनामा घाइते भएर बाँचेका एक्ला यात्री कुमार अहिले सिभिल अस्पतालमा उपचाररत छन् । रमेशले डीडी न्यूजसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले उनको हालखबर सोधेको बताए । दुर्घटना कसरी भयो भनेर मोदीले प्रश्न गरेको उनले बताए । रमेश विमानको ११ ए सिटमा थिए । दुर्घटनापछि उनी आफैँ घटनास्थलबाट बाहिर निस्किएकाले जल्न पाएनन् ।

'सबै कुरा मेरो आँखा अगाडि भयो । मलाई थाहा छैन यो कसरी भयो रु मलाई विश्वास नै छैन म कसरी जिउँदो बाहिर निस्केँ। केही समयलाई लागेको थियो, म पनि मर्नेछु। मेरो आँखा खुल्दा लाग्यो, म जिउँदै छु । मैले सोचेँ यहाँबाट निस्कन सक्छु र म त्यसपछि निस्किएँ । टेकअफ भएको पाँच(दस सेकेन्डभित्रै मलाई लाग्यो, विमान रोकिएको छ । पछाडि हेर्दा हरियो र सेतो बत्ती बल्यो । त्यसपछि पाइलटले गति बढाए । तर गति बढाएको त्यही समयमा विमान भुइँमा बजारिएर विस्फोट भयो ।मेरो सिट विमानको त्यो भागमा थियो, जुन भवनको तल्लो भागसँग ठोक्किएको हुनुपर्छ। माथिल्लो भागमा आगो लागेको थियो, धेरैजना त्यहीँ अड्किए। सायद म सिटसहित तल खसेँ। म जसोतसो बाहिर निस्केँ। ढोका भाँचिएको थियो, अगाडि केही खाली ठाउँ देखियो, त्यसैले निस्किने कोसिस गरेँ। अर्को छेउमा भित्ता थियो, त्यहाँबाट सायद कोही निस्कन सकेन। मेरो आँखा अगाडि नै दुई एयर होस्टेस, एक अंकल-आन्टीसहित सबै जलिरहेका थिए ।'

एयर इन्डियाको उडान नम्बर एआई-१७१ (बोइङ ७८७-८ ड्रिमलाइनर विमान) अहमदाबादबाट बिहीबार दिउँसो लन्डन जाँदै थियो। दिउँसो १ बजेर ३८ मिनेटमा उडेको विमान १स्४० बजे दुर्घटनाग्रस्त भयो। यसमा १६९ भारतीय, ५३ ब्रिटिश, ७ पोर्चुगिज र एक क्यानेडाली नागरिकसहित कुल २३० यात्रु सवार थिए। बाँकी १२ चालक दलका सदस्य थिए। एक यात्रु जिउँदो बँचे, जो उनै रमेश विश्वास कुमार हुन् ।

विमान जुन भवनसँग ठोक्कियो, त्यहाँ अहमदाबादको सिभिल अस्पतालका डाक्टरहरू बस्छन् । जानकारीअनुसार दुर्घटनाको समयमा भवनमा ५० देखि ६० डाक्टर थिए, जसमध्ये १५ भन्दा बढी घाइते भए। दुर्घटनास्थलबाट प्राप्त अधिकांश शव पूरै जलेका छन् । मृत्युलाई जितेका यात्री रमेश विश्वास कुमारले आफू विमानबाट हामफालेको नभई सिटसहित बाहिर निस्किएको बताए । उडानको ३० सेकेन्डपछि ठूलो आवाजसहित विमान दुर्घटनाग्रस्त भयो। दुर्घटनापछि होसमा आउँदा वरिपरि शरीरहरू देखेर डराएको उनले बताए ‘म डराएँ। उठेर दौडेँ। विमानका टुक्राहरू मेरो वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल लग्यो’, उनले भने ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्