यसवर्ष एसईई नतिजामा सुधार हुन्छ : प्रधानमन्त्री ओली
काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह ९दोस्रो चरण०लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतीलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए । उनले गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताएका छन् ।
सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरे । थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पुर्याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताउँदै प्रधानमन्त्री ओलीले विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरूको उद्देश्य रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको पनि बताए ।
