sevenstartv.com १५ असार २०८३, सोमवार

अहिले पत्रकारितामा साँचो र झुटो छुट्याउन गाह्रो भइरहेको छः सभामुख घिमिरे

३० जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले सूचना, वाक स्वतन्त्रता र प्रेसलाई व्यवहारिक बनाउन संसदमा कानून निर्माण भइरहेको बताएका छन् । 

ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूचनाको हक, वाक स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानूनहरु संसदमा छलफलका क्रममा रहेको जिकिर गरे । 

उनले कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पु¥याउने र कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । अहिले पत्रकारितामा के साँचो र के झ्टो भन्नेकुरा छुट्याउन कठिन भइरहेको जिकिर गरे । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा चुनौति आइरहेका पनि बताए ।

सम्बन्धित समाचार