sevenstartv.com १५ असार २०८३, सोमवार

युएईमा घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन

३० जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन गरिएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो । समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठबाट तय हुनेगरी गठन गरिएको जानकारी दिए । 

उनकाअनुसार समितिले घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको धारण समेत दिने भएको छ । 

सम्बन्धित समाचार