विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्युनिकरणका लागि तीन तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन् ।
सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृक्तिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।
संकटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्युनिकरणका लागि स्थानीय सरकारको भुमिका समेत महत्वपूर्ण हुने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारबीच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्युनिकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको बताइन् ।
