sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ : परराष्ट्रमन्त्री डा. राणा

३० जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली धम्की नदिएको बताएकी छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मन्त्री राणाले हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएको बताएकी हुन् ।

उनले परिवारलाई बदनाम गराउने दुसित मनासय सहित  सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उनीसँग कुराकानी भएको  बताएकी हुन् । 

उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर राज्यको कानुन अनुसार नै न्याय खोजेका डा. राणाको भनाई  छ । उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो ।

यसै विषयमा मैले उनलाई जानकारी गराएको डा. राणाले बताएकी छन् । उनले आफु नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएको बताएकी छन् ।

उनले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा आफुलाई  अचम्म लागेको बताइन् । 
  

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्