sevenstartv.com ९ चैत २०८२, सोमवार

इजरायल-इरान युद्ध शुरु, इरानका वरिष्ठ कमाण्डरको मृत्यु

३० जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । केही महिनादेखि चलिरहेको, तर असफल देखिएको आणविक वार्तापछि इजरायली रक्षा सेनाले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेको छ।
इजरायलले इरानका विभिन्न स्थानमा हवाई हमला गरेको पुष्टि गर्दै राजधानी तेहरानमा शक्तिशाली विस्फोटहरू सुन्निएको जनाइएको छ ।

इरानको सम्भावित जवाफी कारबाहीको आशंकामा इजरायलभर आपतकालीन अवस्था घोषणा गरिएको छ । जरायली आक्रमणमा इस्लामिक रिभोलुशनरी गार्ड कोरका कमाण्डर-इन-चिफ होसेन सालामीको मृत्यु भएको पुष्टि भएको छ ।

यो हमला गत वर्ष अप्रिलदेखि अक्टोबरसम्म चलेको इजरायल–इरान क्षेप्यास्त्र आक्रमणको क्रमपछि र नोभेम्बरमा इजरायली नेताहरूले इरानका आणविक केन्द्रहरू निशाना बनाउने चेतावनी दिएपछि आएको हो । इजरायलले बिहीबार राति इरानमाथि गरेको हवाई आक्रमणमा इस्लामिक रिभोलुशनरी गार्ड कोर ९क्ष्च्न्ऋ० का प्रमुख कमाण्डर होसेन सालामी मारिएको इरानको सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

सालामीले सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थापना भएको क्ष्च्न्ऋ मा विभिन्न तहबाट बढुवा हुँदै सर्वोच्च नेतृत्वको जिम्मेवारी सम्हालेका थिए । सालामीले जनवरी २०२० मा अमेरिकाले गरेको ड्रोन आक्रमणमा क्ष्च्न्ऋका प्रभावशाली नेता कासिम सुलेमानीको मृत्यु भएपछि उनलाई प्रतिस्थापन गरेका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्