sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रतिनिधिसभाकाे बैठक बस्दै

३० जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । लगातार अवरुद्ध भइरहेको प्रतिनिधिसभाकाे बैठक आज पनि बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

बिहिबार पनि प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले संसद् अवरोध गरेपछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन ।

बैठकमा मुख्यतयाः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो । प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसद्को बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।

 उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्। तर, सत्ता पक्षले भने अझै यसलाई स्वीकार नगरे पछि संसद् बैठक प्रभावित हुँदै आएको छ।
  ७२४ मत   

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्