ज्यान मुद्दामा जेल चलान भएका आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो छ्यापियो, दुई जना पक्राउ
काठमाडौं । ज्यान मुद्दामा कारागार चलान भएका नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत, जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो छ्यापिएको छ ।
नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै पुगेर आज न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन् । मोसो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।थारुसहितको इजलासले केही दिनअघि आलमलाई ज्यान मुद्दामा सफाइ दिएका थिए ।
जनविरोधी फैसला गरेको बताउँदै उनीहरुले मोसो दलेको बताएका छन् ।
