शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताएका छन् ।
बालुवाटारमा बिहीबार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उनले शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने बताए ।
मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताए । शिक्षालाई आम जनताको पहुँचमा पु¥याउन जरुरी रहेको बताएका छन् ।
