sevenstartv.com ८ असार २०८२, आइतवार

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँ : मन्त्री अधिकारी

२७ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अगामी आर्थिक वर्ष २०८२र८३ को बजेट सबैलाई सम्बोधन गर्नेगरी आएको दाबी गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२र८३को बजेटले उपभोक्ता बजार आपुर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् । विगतका वर्षहरुभन्दा अगामी आर्थिक वर्षको बजेट सकारात्मक ढंगबाट आएको उल्लेख गर्दै कार्यान्वयनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले बजेटले कृषि क्षेत्रको व्यापक सुधारको खाका कोरेको समेत बताए । उनले स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको जिकि गरेका छन् । उनले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम अघि सारिने समेत बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्