sevenstartv.com ८ असार २०८२, आइतवार

नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा

२७ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । 
स्कटल्यान्डको डन्डीस्थित फोर्थहिलमा  खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । 

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सिरिजको तिन मध्य दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्न चाहन्छ । 

नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो । तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ । 

सिरिजमा खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्स दोस्रो खेलमा स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो । 

लिग-२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ। लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ ।

लिगमा २२ खेल खेलेको नेदरल्यान्ड्सले १२ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ। लिग–२ पछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी-२० आइ सिरिज खेल्नेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्