sevenstartv.com १० असार २०८३, बुधवार

दुईवटा संसदीय समितिको बैठक बस्दै

२७ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ​बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक ​बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।