sevenstartv.com १५ असार २०८३, सोमवार

राष्ट्रियसभा बैठक बस्दै

२६ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्