हङकङमा घरेलु कामदारको माग धेरै छ : डिस्ट्रिक्ट काउन्सिलर गुरुङ
काठमाडौं । हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको बताएकी छन् ।
तमु बौद्ध सेवा समितिले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा उनलेले यस्तो बताएकी हुन् । उनले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताइन् ।
उनले हङकङमा नेपालीहरु अन्य देशहरुको तुलनामा भाषाको कमजोरीका कारण पिछडिएको आफ्नो अनुभव रहेको बताएकी छन् । उनले हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको पनि बताइन् ।
