प्रधानमन्त्री मोरङमा, सामुदायिक अस्पताल उदघाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिकामा नवनिर्मित जीवन विकास सामुदायिक अस्पताल उदघाटन गर्नुभएको छ ।
नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई शुलभ तथा गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उदेश्यले कटहरीको वडा नम्बर २ मा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशन स्थापना गरिएको हो ।
उदघाटन गर्न मोरङ पुग्नुभएका प्रधानमन्त्रीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल लगायतले स्वागत गर्नुभएको थियोे ।
