sevenstartv.com २० वैशाख २०८३, आइतवार

गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न उपप्रधानमन्त्री सिंहकाे आग्रह

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कांग्रेस-एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । 

नेवाः सम्पर्क समूह, रामेछापले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई कांग्रेस-एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गरे । जनतालाई अधिकार दिलाउनका लागि लडेको कांग्रेस-एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो । 

उनले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताए । उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्