sevenstartv.com २० वैशाख २०८३, आइतवार

पार्टी पदाधिकारीलाई शेखर कोईरालाको प्रश्न : महाधिवेशन किन समयमै नहुने ?

२४ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. शेखर कोईरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गरेका छन् । 

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गरेका हुन् । 

उनले नेपाली कांग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताए । यस पटक के ले महाधिवेशन रोक्यो ? भन्दै प्रश्न गरे । महाधिवेशन रोक्नुपर्ने कारण के हो रु भनेर कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्