sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

२३ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिँसो १ बजे बस्नेगरी तय भएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय आयोग बन्नै पर्ने अडान राखेर विपक्षी दलहरूले सदनमा अवरोध गर्दै आएका छन् । खुलाउने प्रयास विफल भएपछि शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित भएको हो ।

यस प्रकरणलाई लिएर विपक्षीहरूले १३ गते देखि नै सदनमा अवरोध गर्दै आएका छन् । संवैधानिक व्यवस्था अनुसार १५ जेठमा बजेट प्रस्तुत गर्नैपर्ने भएकाले त्यसदिन भने उनीहरूले बैठक चल्न दिए । 

तर त्यसपछि प्रक्रियामा विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेका छन् । बैठक सञ्चालनका लागि सभामुख र सत्तारुढ दलहरूले पटक–पटक उनीहरूसँग छलफल गरे पनि सहमति जुटेको छैन ।  

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्