sevenstartv.com २० वैशाख २०८३, आइतवार

नागरिकता विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह

२३ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले  नागरिकता विधेयकलाई संसद्को चालू अधिवेशनबाटै पारित गर्न सक्ने गरी अघि बढाउन आग्रह गरेका छन् ।

गृहमन्त्री लेखकले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको  बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक महत्वपूर्ण भएकाले समितिबाट छिटै विधेयक पारित गर्न आग्रह गरेका हुन् ।

गृहमन्त्रीले कानूनी समस्याका कारण धेरै युवा नागरिकताविहीन हुनु परेकाले सरकारले सबैको समस्यालाई समाधान गर्ने गरि विधेयक ल्याएको बताए । उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थप सहजता प्रदान गर्ने, विदेशमा जन्मेका बाबुको नाम नखुलेको स्थितिलाई सम्बोधन गरिने जिकिर गरे ।

त्यस्तै उनले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिए । समिति सभापति रामहरि खतिवडाले चालू अधिवेशनबाटै विधेयक पारित गर्ने गरि छलफल भइरहेको बताए । अर्को बैठकमा गैरआवासीय नेपालीसँग छलफल गरिने जानकारी दिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्