sevenstartv.com २० वैशाख २०८३, आइतवार

संसदमा विपक्षी अवरोध कायमै

२२ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको विहीवारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । 

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन् । बैठक सुरू हुनासाथ विपक्षीले उठेर अवरोध गरे । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि उनीहरूले मानेनन् । 

गृहमन्त्रीले पनि बोल्नको लागि समय मागेको भन्दै बैठक चलाएर सहयोग गर्न सभामुखले आग्रह गरे । विरोध कायमै राखेपछि सभामुखले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्