sevenstartv.com १५ असार २०८३, सोमवार

पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बन, विशेष अदालतमा मुद्दा दायर

२२ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

नेकपा एकीकृत समाजवादीको अध्यक्ष समेत रहनुभएका नेपालविरुद्ध पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा दायर गरेसँगै पूर्वप्रधानमन्त्री नेपाललाई सांसदबाट निलम्बन गरिएको हो । 

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्