नागरिकता विधेयकमाथि दफावार छलफल शुरु, पारितको लागि अघि बढाइँदै
काठमाडौँ । नागरिकता विधेयकमाथि दफावार छलफल शुरु भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि दफावार छलफल थालिएको हो ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबारदेखि विधेयकमाथि दफावार छलफल शुरु गरेको हो । बिहीबार संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले विधेयक सदनबाट छिटो पारित गर्ने गरी अगाडि बढाइएको बताउनुभएको छ ।
नागरिकता विधेयक गृहमन्त्री रमेश लेखकले २०८१ माघ १५ गते प्रतिनिधिसभामा दर्ता गर्नुभएको थियो । विधेयक त्यसपछि प्रतिनिधिसभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको हो ।
विधेयकमाथि दफावार छलफल अगाडि बुधबार राज्य व्यवस्था समितिमा सैद्धान्तिक छलफल भएको थियो । त्यसपछि बिहीबारबाट दफावार छलफलमा प्रवेश गरेको हो ।
