sevenstartv.com २० वैशाख २०८३, आइतवार

एक्लिए बालेन, बढ्दै चुनौती

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । काठमाडौं महानगरमा केही समयअघिसम्म प्रभावशाली मानिनुभएका मेयर बालेन्द्र साह पछिल्लो पटक भने कमजोर देखिनुभएको छ । 

स्वतन्त्र रुपमै मेयरमा निर्वाचत हुनुभएका साहलाई शुरुमा नेपाली कांग्रेस र एमालेका वडा अध्यक्षहरुले पनि साथ दिएका थिए । तर मेयर साहले महानगरलाई एकलौटी ढंगले चलाउन खोजेपछि वडा नम्बर १६ का अधयक्ष बाहेक अरुले असमर्थन गरेका मात्रै छैैनन्, मेयर साहको कार्यशैलीको चर्को आलोजना नै गर्न थालेका छन् । मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा फर्काउन रोक्न लगाएपछि उहाँलाई यतिखेर उपमेयर सुनिता डंगोल र विभिन्न वडाका अध्यक्षसहित कर्मचारीहरुले असहयोग गर्दै आएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत  प्रकरणमा नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ६ महिनाको लागि निलम्बन गरिएको छ । पाण्डेको निलम्बनसँगै अहिलेसम्म मेयरलाई साथ दिइरहेको नगर प्रहरी समेत बालेनको पकडबाट फुस्किएको छ । महानगरभित्र मेयर साह अहिले पूर्णरूपमा एक्लिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत  गुरागाईंले पाण्डेलाई निलम्बनमा राख्दै नगरप्रहरीको नेतृत्व एसपी विष्णु जोशीलाई दिनुभएको छ । कुनै समय यस्तो थियो– मेयर साहले सामाजिक संजाल फेसबुकमार्फत दिएको आदेशकै भरमा नगरप्रहरी त्यसको कार्यान्वयनको लागि तैनाथ हुन्थ्यो । अब भने परिस्थिति त्यस्तो छैन । मेयर साहको अहिले प्रमुख प्रशासकीय अधिकृतसँग पानी बाराबारकै अवस्था छ । मेयर साहको उपमेयर  डंगोलसँग पनिे सम्वन्ध बिग्रिएको छ । 

आपसी समन्वयमा महानगर चलाउनुपर्ने प्रमुख तीन व्यक्तिहरूबीच नै चरम अविश्वास र असमझदारी उत्पन्न भएपछि महानगरका महत्वपूर्ण काम कारवाही प्रभावित बनिरहेका छन् । महानगरमा लामो समयदेखि कार्यपालिका बैठक नै बस्न सकेको छैन । महानगर कार्यपालिका बैठक महिनामा एकपटक बस्नुपर्ने कानूनी प्रावधान भए पनि ५ महिनादेखि बस्न नसकेको स्थिति छ । निकटस्थ स्रोतका अनुसार प्रशासकीय अधिकृतमा गुरागाईं रहेसम्म कार्यपालिका बैठक नै नराख्ने मेयर साहको रणनीति छ । 

यद्यपि चाँडै नै महानगरको नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने बाध्यता छ । कार्यपालिका बैठक मेयर साहलmे नचाहदा नचाहदै पनि तत्कालै बोलाउनुपर्ने हुन्छ । त्यही कारण महानगरमा मेयर साहको चुनौती झन् बढ्दै गएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्