sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रतिपक्षसँग सहमति नजुट्दा प्रतिनिधिसभा बैठक सरेकोसर्‍यै

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रतिपक्षसँग सहमति नजुट्दा प्रतिनिधिसभा बैठक सरेकोसर्‍यै छ । 

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान लिएपछि मंगलबार बिहानको लागि डाकिएको बैठक बुधबार दिउँसो १ बजेको लागि सारिएको थियो । तर सहमति नजुटेपछि निर्धारित समयमा प्रतिनिधि बैठक बस्न सकेन ।

सभामुख देवराज घिमिरेले  सदनको अवरोध हटाउन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै बैठक फेरि सवा ३ बजेको लागि तोक्नु भएको थियो ।  प्रमुख सचेतकहरुसग्को छलफल निष्कर्षविहीन बनेपछि बैठक फेरि अन्योलपूर्ण भएको छ । प्रतिपक्षी सांसदहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै  सदन अवरोध जारी राखेका छन् ।

सदन खुलाउन सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग बारम्बार छलफल गर्दै आउनुभएको छ । तर, बैठकमा कुनै सहमति नबनेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले  जानकारी दिनुभएको छ । ‘छलफलमा हामीले हाम्रो कुरा प्रष्ट बैठकमा राख्यौं’ उहाँले भन्नुभयो– ‘तर उहाँहरू टसमस हुनभएन । कुरो मिलेन ।’

सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, विपक्षीले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने शर्त राखेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्