संघीय संसदको दुवै सदनको बैठक आज बस्दै
काठमाडौं । विपक्षी दलले गृहमन्त्रीको राजीनामा मागेर अवरुद्ध पारेपछि गएको सातादेखि बस्न नसकेको सङ्घीय संसदको दुवै सदनको बैठक आजबाट सुचारु हुँदैछ ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न बजे बस्न लागेको हो । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नेछन् । राष्ट्रियसभाको बैठक पनि अपराह्न सावा १ बजे बस्ने भएको छ ।
राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र त्योे प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
