sevenstartv.com ९ असोज २०८३, शुक्रवार

यातायात व्यवसायीको आन्दोलन स्थगित, बस चल्न शुरु

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न शुरु भएको छ । 

गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् । 

यस अघि सरकार र यातायात व्यवसायीबीच भएको सहमति  कार्यान्वयन नभएको भन्दै मंगलबार दिनभर व्यवसायीले सार्वजनिक गाडी नचलाउदा यात्रुले सास्ती खेप्नुपरेको थियो । 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्