sevenstartv.com २० वैशाख २०८३, आइतवार

विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँ : महासचिव शंकर पोखरेल

२० जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न नसकेको बताएका छन् । 


मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन्  । उनले विश्वविद्यालयलाई रिसर्च सेन्टरका रुपमा प्रभाकारी बनाउन नसकिएको बताए । 

उनले विश्वविद्यालयबाट गरिएका अध्ययनहरु व्यवहारिक जीवनमा प्रयोग नै हुन नसकेको उल्लेख गरे । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय मात्रै रहेको बताएका छन्  । 

विश्वविद्यालयबाट हुने अध्ययनले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुमा सार्थक परिणाम दिन नसकेको गुनासो गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्