प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलको अवरोधको कारण बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
विपक्षी दलले भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको गृहमन्त्रीको राजीनामा माग्दै आएका छन् । विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले समाधान खोज्न आज दलका प्रमुख सचेतहरुसँग छलफल गर्नुभएको छ । सभामुखको छलफलपछि प्रतिपक्ष दल गृहमन्त्रीलाई संसदमा बोल्न् दिन सहमत भएका छन् ।
