sevenstartv.com २० वैशाख २०८३, आइतवार

विपक्षी सहमत, गृहमन्त्रीले अब संसदमा बोल्न पाउने

२० जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अब भने संसदमा बोल्न पाउनु हुने भएको छ । सभामुख र दलका प्रमुख सचेतकहरूको मंगलबारको बैठकपछि गृहमन्त्री लेखकले संसदमा सम्धोधन गर्ने बाटो खुलेको हो । 

सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दल गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिन तयार भएका छन् । सत्ता र प्रतिपक्षबीच गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्ने सहमति भएको छ । 

प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्दै आएका थिए । भिजिट भिसा प्रकरण छानविन गर्न उच्चस्तरीय  समिति बनाउनुपर्ने र त्यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने प्रतिपक्ष दलको शर्त थियो । यसअघि गृहमन्त्रीलाई संसदमा बोल्न नदिएका विपक्षी दल आफ्नो अडानबाट पछि हट्दै बोल्न दिन तयार भएका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्