राजावादीले आज पनि प्रदर्शन गर्ने
काठमाडौं । हिन्दूराज्य र राजतन्त्र पुनःस्थापनाको मागसहित आन्दोलनरत राजावादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन हुने जानकारी दिएका छन् ।
जेठ १५ गतेदेखि आन्दोलन थालेको राजावादी समूहले दिंवंगत राजपरिवारको सम्झना गर्दै सोमबार भने प्रदर्शन स्थगत गरेका थिए । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् ।
राजावादी समूहले हिन्दूराज्य र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
