पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै राजनीतिक दलहरुको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्याधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ स्पष्ट रहेको बताए ।
उनले निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरुहरुले हिमाली क्षेत्रको समुदायलाई मात्र नभइ तल्लो तटीय समुदाय पनि प्रभावित बनेको बताए । जलवायु संकट समाधानमा अगाडिको बाटो चुनौतिपूर्ण रहेको बताउँदै समाधानको सम्भावनाले भरिएको बताएका छन् । नेपाल पीडितमात्रै नभइ समाधान दिनसक्ने देशको छवि निर्माण गरिहेको बताए ।
जलवायु परिवर्तनका असर न्युनिकरणमा नेपालले गरिरहेका प्रयास ब्राजिलमा हुने कोप ३० मा प्रश्तुत गर्नुपर्ने बताए । वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतिपूर्ण समाधान गर्न ठूलो दलको हैसियतले नोपली काँग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् ।
