sevenstartv.com ९ चैत २०८२, सोमवार

भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु

१८ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । उत्तरी भारतमा लगातारको २४ पानिका कारण गएको बाढी पहिरोमा परेर ३२ जनाको मृत्यु भएको छ । 

आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित थिए । आसामका कुल ९ जनाको ज्यान गएको छ । त्यहाँको प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जनाएको छ । पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ ।

गुहाजटप र तेजपुरमा अहिलेसम्मकै धेरै पानी परेको जनाइएको छ । अरुणाञ्चलमा कार पहिरोमा चिप्लिएपछि दुई परिवारका गरेर सात जनाको ज्यान गएको छ । मेघालयमा तीन बालबालिका सहित सात जनाको ज्यान गएको छ । संसारकै सबै भन्दा धेरै पानी चेरापुन्जीमा लगातार वर्षा भइरहेको छ । 

नागाल्यान्डमा बाटोमा ढुङ्गा खस्दा यात्रामा रहेका एक युवाको ज्यान गएको छ । मिजोरोममा पनि २४ घण्टाको अन्तरालमा सात जनाको ज्यान गएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्