फेरि एक पटक रुपान्तरण जरुरी : सचिव भट्टराई
काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।
ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बन्दुकले सेना कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी पनि रुपान्तरण भएर अहिलेको संविधानमा आएको उल्लेख गर्दै आवश्यक पर्दा राजनीतिक दल र नेताहरु रुपान्तरण भइरहेको बताए ।
उनले राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक रुपान्तरण हुन जरुरी रहेको बताए । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पु¥याउने काममा लाग्नुपर्ने बताए । आज राज्य जनतासँग नजिक भएको अनुभुति हुन नसकेको बताएका छन् ।
सुशासन र सेवा प्रवाहका बारेमा राज्य रुपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको जिकिर गरे । मध्यमवर्गलाई राज्यले हेर्न नसकेको बताएका छन् ।
