इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बद्नाम हुँदैन : प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका अधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बद्नाम नहुने बताएका छन् ।
शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारसभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन् । उनले न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधानका लागि आपूmले सधैँ प्रयास गरिरहेको बताए ।
मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भुमिका महत्वपूर्ण रहने बताए । देशभरका न्यायालयको रेकर्ड हेर्दा कर्मचारीहरु न्यायपालिकाको आधारस्तम्भ भएको महशुस गरेको प्रधानन्यायाधीश राउतको भनाइ छ ।
उनले कर्मचारीहरुकै सहयोग र बलमा न्यायिक सुधार गर्ने प्रयासमा आपूm रहेको पनि बताएका हुन् । उनले कर्मचारीमा उत्साह जगाउनेतर्फ आपूm सधैँ सजग रहेको स्पष्ट पारे ।
