sevenstartv.com २० वैशाख २०८३, आइतवार

नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस् : कानूनमन्त्री चौरसिया

१७ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताएका छन् । 

शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले न्यायपालिकाले दिएको न्यायका आधारमा जनतामा विश्वास बढ्ने र दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्ने बताए । 

आम नागरिकको आशा र भरोसाको केन्द्र न्यायपालिका भएकोले न्याय निरुपण गर्दा र निरुपण गरिएका हरेक विषय कार्यान्वयनमा न्यायमूर्तिहरुको महत्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिए । 

व्यवस्थापिकाले कानून बनाइदिने, कार्यपालिकाले प्रयोग गर्ने भएकाले संविधानसम्मत कानून बनेको छ वा छैन र कार्यपालिकाले ठिक ढंगले प्रयोग गरेको छ कि छैन भनेर अनुगमनको जिम्मेवारी पनि न्यायपालिकाकै भएको उनको भनाई छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्