sevenstartv.com २० वैशाख २०८३, आइतवार

शक्तिशाली सरकारले शक्तिशाली बजेट ल्याउन सकेन : जनार्दन शर्मा

१७ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भएपनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन् ।                            

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्नेकुरा नरहेको बताए । 

उनले त्यसको समाधान गर्न निजी क्षेत्रहरुलाई साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको बताएका छन् ।  बजेटमा उद्योगीहरुलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको बताए । 

दुई ठूला राजनतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्