sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न हुँदैन : प्रधानमन्त्री ओली

१७ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित ‘हाफ म्याराथन’ आरम्भपछि छलफलका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले भने, ‘बोल्ने र माग राख्न पाउने प्रतिपक्षको अधिकारको म सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ ।’ 

प्रतिपक्षलाई त यो सरकार नै मन नपरेका कारण उसने निराधार माग तेस्र्याएर संसदमा अवरोध गरेको उनले बताए । उनले पूर्वगृहमन्त्री रवि लामिछानेको सन्दर्भ र लेखकको सनदर्भ नै फरक भएको बताएका छन् ।

‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सीआइबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन’, ओलीले भने, ‘त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’ 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्