दक्षिण कोरियामा सैन्य विमान दुर्घटना : ४ जना चालक दलका सदस्यको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा चार जना चालक दलका सदस्यको मृत्यु भएको छ ।
रक्षा मन्त्रालयकाअनुसार बिहीबार चार जना चालक दलका सदस्यसहितको पी–३ समुन्द्री गस्ती विमानले स्थानीय समय अनुसार दिउँसो १ः४३ बजे दक्षिणपूर्वी शहर पोहाङको एक सैन्य अड्डाबाट प्रशिक्षणका लागि उडान भरेको थियो । स्थानीय समय अनुसार दिउँसो १ः४९ बजे गस्ती विमान बेस नजिकैको पहाडमा दुर्घटनाग्रस्त भएको हो ।
चालक दलका सदस्य बाहेक अन्य नागरिकको हताहत नभएको मन्त्रालयले उल्लेख गरेको छ । चालक दलका सबै सदस्यहरू जलेको शवको रूपमा फेला परेको अखबारले जनाएको छ । योनहाप समाचार एजेन्सीका अनुसार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट तीन जनाको शव निकालिएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले विमानमा लागेको आगो निभाउन हेलिकप्टर, उपकरण र अग्नि नियन्त्रकहरूलाई परिचालन गरेका थिए ।
