अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन आवश्यक छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आजबाट जनान्दोलन सुरु भएको उद्घोष गरेका छन् ।
आन्दोलनका क्रममा रत्नपार्क पुगेका लिङ्देनले देशवासी नागरिकलाई आन्दोलनमा उपस्थित हुन आह्वान गर्दै वर्तमान अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन हुनु पर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालका लागि नेपाली जनताले गर्ने यो पहिलो आन्दोलन हो, त्यसकारण यो साझा आन्दोलनमा साथ, सहयोग र समर्थनका लागि सहभागिताका लागि हार्दिक अपिल गर्दछु ।’
