sevenstartv.com २० वैशाख २०८३, आइतवार

भिजिट भिसा प्रकरणबारे झलनाथ- ‘एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन्’

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताएका छन् । 

१८ औँ गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । उनले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताउनु भयो । उहाँले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोजिरहेको तर्क राखे । 

उनले देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले सङ्कटग्रस्त रहेको जिकिर गरे । उनले मुलुकको राष्ट्रियतामाथि लगातार वाह्य हस्तक्षेपहरू भइरहेका धारणा राखेका छन् । 

सम्मानित नेता खनालले मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै शिक्षामा समेत अराजकता मौलाएको बताए । उनले २०२८ सालको शिक्षा ऐन अहिलेसम्म चलिरहेको बताउँदै नयाँ ऐन आउन नसकेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्