sevenstartv.com २० वैशाख २०८३, आइतवार

आन्दोलनमा कुनै पनि  घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनु पर्छ : ज्ञानेन्द्र शाही

१४ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलनमा कुनै पनि  घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनु पर्ने बताएका छन् । 

शाहीले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बिहीबार आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका हुन् । उनले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप लगाएका छन् ।


उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत विज्ञप्ति निकालिसकेको छ ।’ उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने दाबी गरे । उनले प्रधानमन्त्रीलाई सडकमा आउने भए राजीनामा दिएर आउन आग्रह गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्