sevenstartv.com २० वैशाख २०८३, आइतवार

सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक : उपप्रधानमन्त्री सिंह

१४ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताएका छन् । 

बुधबार ललितपुरमा आयोजित  नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उनले यस्तो बताएका छन् । उनले वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित सुन्दर भूमि आन्तरिक र वाह्य बसाईको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको बताए । 

इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाहरुको साथ खोजिरहेको उल्लेख गर्नुभयो । सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई युवाले छोडेर नजाने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले युगको नायक युवा नै भएको बताउँदै पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहका जनसंख्या ४२.५८ प्रतिशत रहेको बताए ।

युवालाई नेतृत्व विकास, उद्यमशिलता, स्टार्टअपमार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याण्कारी कार्यमा संलग्न गराउन सरकार प्रतिवद्ध रहेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्